काठमाडौं, भदौ १८ ।
विश्वकप छनोटअन्तर्गत चौथो चरणको खेलमा अमेरिकाले ६–० को शानदार जित हात पारेको छ ।
आज भएको खेलमा अमेरिकाले सेन्टर विन्सेन्ट एन्ड ग्रेनेडिन्सलाई पराजित गरेको हो । अमेरिकाले दुवै हाफमा तीन–तीन गोल गरेको थियो । २८ औं मिनेटमा बबी उडले गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका थिए ।
त्यस्तै ३२ औं मिनेटमा बेसलर तथा ४३ औं मिनेटमा पाएको पेनाल्टीमा जोजी अलटिडोरले गोल गरेपछि पहिलो हाफमा अमेरिकाले ३–० को अग्रता लियो ।
दोस्रो हाफको ७१ औं मिनेट र इन्जुरी समयमा क्रिस्टिएन पुलिसिक र ७८ औं मिनेटमा साचा काल्जेस्टनले गोल गरेपछि अमेरिका ६–० ले विजयी भयो ।
अहिलेसम्मका खेलका पाँच खेलमा तीनमा जितेको तथा एकमा बराबरी र एकमा हारेको अमेरिका १० अंकसहित समूह सी को शीर्ष स्थानमा छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline