विराटनगर भदौ १८ । हुनतः बिल मिलाएर खाने भन्ने धेरै सरकारी अड्डामा जहिले पनि चर्चाको बिषय बन्दै आएको छ ।
यस्तैमा बिराटनगर क्वारेन्टाईन कार्यलयका प्रमुख ठेकन शाहले पनि सानो सानो कुरामा समेत कमिसन खाने गरेको गुनासो कर्मचारीहरुले गरेका छन् ।
प्रमुख शाहले लेखा प्रमुख कृष्ण त्रितालसग‘ बिल मिलाउदै खाने गरेको गुनासो नाम उल्लेख नगर्ने शर्तमा कर्मचारीहरुले बताए ।
ईन्धन पनि चाहिने भन्दा बढी बिल देखिएको, २५ सय पर्ने राउटरलाई ५ हजार सम्मको बिल बनाएको, ६ सय सम्म पर्ने कम्युटरको किबोर्डलाई २ हजार रुपैया सम्मको बिल बनाएर खाने गरेको गुनासो उनीहरुको छ ।
यसै गरी भोली पल्टको हाजिर आजै गरेर हिड्ने गरेको भन्दै कर्मचारीले हाकिमले जे गर्दा नि हुने यो नियम हो भन्दै दुखेसो पोखेका छन् ।
मिडियालाई दिने न्युनतम सूचनाको पैसामा समेत मनपरी गर्ने गरेको गुनासो कर्मचारीले गरेका छन् ।
यस्तो गुनासो आउन थाले पछि गोप्य रुपमा अख्तियारमा समेत फोन गरेर शाहको विरुद्ध गुनासो गर्न थालिएको बुझिएको छ ।
प्रमुख शाहको निजि सम्पर्क नम्बर ९८०४०८०६५३ मा सम्पर्क गर्दा उपलव्ध हुन सकेनन् ।