काठमाडौं, भदौ १८ ।
दशौं एसियाली क्याडेट तथा सत्रौं एसियाली जुनियर जुडो च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १९ सदस्यीय नेपाली जुडो टोली आज भारत जादै छ ।
भारतको केरलास्थित कोचीमा आगामी भदौ १९ देखि २६ गतेसम्म सन्चालन हुने प्रतियोगितामा नेपालका १२ खेलाडिले प्रतिस्पर्धा जनाउने छन् ।
क्याडेटको पुरुष ५० केजीमुनि लक्ष्मण जिसी, ५५ केजीमुनि रोशनबहादुर दोङ र ६० केजीमुनि सन्जोग भट्ट तथा महिला ४८ केजीमुनि शारदाकुमारी खत्री र ५२ केजीमुनि मनीता श्रेष्ठ प्रधानले प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै जुनियर पुरुषतर्फ ५५ केजीमुनि किरण गदेल, ६० केजीमुनि सुदेश दोङ र ६६ केजीमुनि रामभक्त तामाङ तथा महिला ६३ केजीमुनि ओलम्पियन फुपूल्हामु खत्री, ७० केजीमुनि पुनम श्रेष्ठ, ५२ केजीमुनि अन्जु पाण्डे र ४८ केजीमुनि मनीष महर्जन पुटुवारले भाग लिनेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline