राखेपद्धारा कर्मचारी र पत्रकारलाई सम्मानित, १ सय ३६ जना विभूषित

राखेपद्धारा कर्मचारी र पत्रकारलाई सम्मानित, १ सय ३६ जना विभूषित

  • बुधबार, भदौ १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं, भदौ १५ ।

राष्ट्रिय खेलकुद परिषद् राखेपले आफ्नो ५३ औं वार्षिकोत्सवका अवसरमा कर्मचारी र खेल पत्रकारलाई सम्मान गरेको छ ।

प्रशासनतर्फ सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कारबाट मोरङ जिल्ला खेलकुद विकास समितिका प्रमुख देवराज कट्वाल, उत्कृष्ट परिषद् सेवा पुरस्कारबाट कर्मचारी प्रशासन शाखाका नायब सुब्बा सुकुमार थापा तथा परिषद् सेवा पुरस्कारबाट आर्थिक प्रशासन शाखाकी लेखा अधिकृत ज्ञानु घिमिरे सम्मानित भएका छन् ।

कट्वालले २५ हजार, थापाले १५ हजार तथा घिमिरेले १० हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्राप्त गरे ।

प्राविधिकको सर्वोत्कृष्ट परिषद सेवा पुरस्कारबाट कञ्चनपुर जिल्ला खेलकुद विकास समितिका भलिबल सहायक प्रशिक्षक जगदीशप्रसाद भट्ट, उत्कृष्ट परिषद् सेवा पुरस्कारबाट बाँके जिल्ला खेलकुद विकास समितिका जुडो प्रशिक्षक दलबहादुर गुरुङ तथा परिषद् सेवा पुरस्कारबाट उदयपुर जिल्ला खेलकुद विकास समितिकी कबड्डी सहायक प्रशिक्षक पार्वती राई पुरस्कृत भए ।
सम्मानित हुने खेल पत्रकारहरुमा रोशनकुमार सिंह राउत, श्रीलोचन राजोपाध्याय, विनोद पाण्डे, फोटो पत्रकार उदिप्तसिंह क्षेत्री, प्रकाश तिमल्सिना र प्रदीप लेखी रहेका छन् ।

यस्तै राखेपले २५ वर्ष सेवा पूरा गरेका ११ कर्मचारीलाई दीर्घ सेवा पदक र २० वर्ष सेवा अवधि पार गरेका १ सय ३६ जनालाई परिषद् सेवा पदकबाट विभूषित गरेको छ ।

सम्मानितहरुलाई युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाली, राखेप सदस्य–सचिव केशकुमार विष्ट, खेलकुद मन्त्रालयका सह–सचिव चूडामणि पौडेललगायतले पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रीपालीले सातौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुने बताउँदै काम गर्ने कर्मचारीलाई पुरस्कृत र नगर्नेलाई दण्डित गर्ने नीतिलाई संगसंगै लिएर अगाडि बढ्ने धारणा राखे ।

वार्षिकोत्सवकै अवसरमा ७५ जिल्ला तथा ५ विकास क्षेत्रका खेलकुद कार्यालयमा विविध कार्यक्रम भएका थिए । २०२१ सालमा तत्कालिन राष्ट्रिय पञ्चायतबाट खेलकुद ऐन पारित भएपछि औपचारिक रुपमा राखेपको स्थापना भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी