एकै इनिङमा इङ्ल्यान्डले बनायो ४ सय ४४ रनको कीर्तिमान

एकै इनिङमा इङ्ल्यान्डले बनायो ४ सय ४४ रनको कीर्तिमान

  • बुधबार, भदौ १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, भदौ १५ ।
एक दिवसिय क्रिकेटमा इङ्ल्यान्डले पाकिस्तान विरुद्धको शृङ्खला जितेको छ ।इङ्ल्यान्डको ट्रेण्ट ब्रिजमा गएराति सम्पन्न तेस्रो एक दिवसिय खेलमा घरेलु टोली इङ्ल्यान्ड १ सय ६९ रनले विजयी भएको हो ।

खेलमा पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा ३ विकेट गुमाएर ४ सय ४४ रन बनायो । एक दिवसिय क्रिकेटको इतिहासमा इङ्ल्यान्डले एकै ईनिङमा सर्वाधिक ४ सय ४४ रनको कीर्तिमान बनाएको यो पहिलो अवसर हो ।

यसअघि एक दिवसिय क्रिकेटको सर्वा्धिक योगफल बनाउने क्रममा नेदरल्याण्ड्स विरुद्धको खेलमा श्रीलंकाले ९ विकेट गुमाएर ४ सय ४३ रन बनाएको थियो ।

हिजोको खेलपछि श्रीलंकाको उक्त कीर्तिमान तोडिएको छ । इङ्ल्यान्डलाई कीर्तिमानी योगफलमा पु¥याउन अलेक्स हेल्सले सर्वा्धिक १ सय ७१ रन बनाए ।

यसैगरी जोस बट्लरले अविजित ९० रनको योगदान दिए । जवाफमा ४ सय ४५ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले ४३ औं ओभरमा अल आउट हुनुपुर्व २ सय ७५ रन मात्रै बनाउन सक्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी