काठमाडौं, भदौ १२ ।
इङ्लिश प्रिमियर लिग फुटबल अन्तर्गत आज राति दुइ खेल हुदै छ । आज हुने खेलमा उपाधी दावेदार म्यान्चेस्टर सिटी र वेष्ट ह्याम युनाईटेड विच प्रतिस्पर्धा हुने छ ।
आजै राति हुने अर्काे खेलमा वेष्ट ब्रोम र सण्डरल्याण्ड भिड्नेछन् । यस्तै गएराती भएका खेलहरुमा शिर्ष क्लवहरु चेल्सी, म्यान्चेस्टर युनाईटेड र आर्सनल विजयी भएका छन् ।
गएराति सम्पन्न खेलमा चेल्सीले बर्न्लेलाई ३–० को गोल अन्तरले पराजित गरेको हो । खेलमा चेल्सीलाई विजयी गराउन एडिन हाजार्ड, विलियन र भिक्टर मोसेसले एक एक गोल गरे ।
अर्को खेलमा आर्सनलले वाट्फोर्डलाई ३–१ ले हरायो । खेलमा आर्सनललाई विजयी गराउन सान्टी काजोर्ला, अलेक्सिस सान्चेज र मेसुत ओजिलले एक एक गोल गरे ।
प्रिमियर लिग अन्तर्गतकै अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले हल सिटीलाई १–० ले हरायो । खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन सब्स्टीच्युट खेलाडी मार्कस रास्फोर्डले ईन्जुरी समयमा निर्णायक गोल गरे ।
यस खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा ३ खेलबाट ९ अंक जोडेको चेल्सी शिर्ष स्थानमा उक्लिएको छ ।
समान ९ अंक जोडेको म्यान्चेस्टर युनाईटेड गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ । ७ अंक जोडेको एर्भटन भने तेस्रो स्थानमा उक्लिएको छ ।