पोखरा, भदौ ११ ।
कास्की जिल्ला बास्केटलबल संघले पोखरामा भेट्रान्स राष्ट्रिय पुरुष खुला बास्केटबल प्रतियोगिता गर्ने भएके छ ।
आगामी कात्तिक ४ देखि ६ गतेसम्म प्रतियोगिता गर्न लागीएको संघले जनाएको छ । ४० वर्षमाथिका खेलाडीलाई लक्षित प्रतियोगितामा १२ टिमले सहभागीता जनाउने छन् ।
पहिलो हुने टिमलाई ४० हजार ४ सय ४४ र दोस्रो हुनेलाई २५ हजार ५ सय ५५ रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न चार लाख ७५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकले गरेको छ ।
पहिलोपटक पोखरामा भेट्रान्स बास्केटबल प्रतियोगिता हुन लागेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline