काठमाडौ १० भदौ ।
पोर्चुगीस स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले युरोपियन बर्ष खेलाडीको उपाधि जितेका छन् । गारेथ वेल र एन्टोनी ग्रीज म्यानलाई पछि पार्दै रोनाल्डोले दोस्रोे पटक युरोपियन बर्ष खेलाडीको उपाधि जितेका हुन् ।
३१ बर्षिय स्टार स्ट्राईकर रोनाल्डोले गत सिजन रियलका लागी ४८ खेलमा ५१ गोल गरेका छन् । उनकै कप्तानीमा पोर्चुगलले यस बर्षको युरोकपको उपाधि समेत हात पारेको थियो ।
फ्रान्सको मोनाकोमा आयोजित बर्ष खेलाडी घोषणा कार्यक्रममा महिला तर्फको उपाधि भने फ्रान्सेली अदा हेगरबर्गले हात पारिन् । आफ्नै देश र जर्मनी प्रतिस्पर्धीलाई पछि पार्दै हेगरबर्गले उपाधि हात पारेकी हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline