थ्री स्टार एएफसी कपको प्लेअफमा छानियो

थ्री स्टार एएफसी कपको प्लेअफमा छानियो

  • बिहिबार, भदौ ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं, भदौ ९ । गत वर्षको राष्ट्रिय लिग च्याम्पियन थ्री स्टार क्लवले एएफसी कप फुटबल छनौटको प्लेअफमा स्थान बनाएको छ ।

आज भएको खेलमा घरेलु टोली इर्चिमद्धारा नागावल्ड क्लब पराजित भएसँगै थ्री स्टार समूह विजेता बनेर छनौट भएको हो ।

मंगोलियाको उलानबटारमा भएको खेलमा इर्चिमले कम्बोडियाको नागावर्ल्ड क्लबलाई १–० ले हराएसँगै प्लेअफमा खेल्ने टोलीको टुंगो लागेको हो ।

यो समूहको विजेता मात्र अघिल्लो चरणामा पुग्ने व्यवस्था थियो ।
मंगोलियाको इर्चिम क्लब थ्री स्टारसँग २–० ले हारेको थियो । थ्री स्टारले नागावर्ल्डसँग भने १–१ को बराबरी गरेको थियो । प्ले अफ छनौटका खेल अबको ६ महिनापछि हुने छन् ।
तर थ्री स्टारले प्ले अफमा खेल्ने टोली र खेलस्थलको टुंगो लाग्न बाँकी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी