एएफसी कप प्लेअफ छनौटको दोस्रो खेलमा थ्री स्टार बराबरीमा रोकियो

एएफसी कप प्लेअफ छनौटको दोस्रो खेलमा थ्री स्टार बराबरीमा रोकियो

  • मङ्लबार, भदौ ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाण्डौ, ७ भदौ । एएफसी कप फुटबल छनोटको दोस्रो खेलमा क्याम्बोडियाको नागावर्ल्डसँग बराबरी खेलेसँगै नेपालको लिग च्याम्पियन थ्रीस्टार क्लब दोस्रो चरणनजिक पुगेको छ ।

मंगलबार मंगोलियाको उलानबटारमा भएको खेल १–१ को बराबरीमा सकिएको हो । मध्यान्तरअघि नागावर्ल्डले गोल गर्दै १–० ले अग्रता लिएकामा थ्रीस्टारले ८५औं मिनेटमा मार्टिन्सको गोलबाट बराबरी र्गयो ।

गोलपछि भने नागावर्ल्डका गोलकिपरले रातोकार्ड खाएका थिए । यसअघि भएको पहिलो खेलमा थ्रीस्टारले घरेलु टिम इर्चिम फुटबल क्लबलाई २–० ले हराएको थियो । अब बुधबार हुने इर्चिम र नागावल्र्डबीचको खेलबाटै दोस्रो चरण पुग्ने टिमको छिनोफानो हुनेछ ।

थ्रीस्टारको ४ तथा नागावर्ल्डको १ अंक भएको छ भने अंकविहीन इर्चिम अर्को चरण प्रवेशको सम्भावनाबाट बाहिरिएको छ । बुधबारको खेल इर्चिमको पक्षमा गए वा १–० को जित हारले पनि थ्रीस्टार अर्को चरणमा पुग्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी