रियो ओलम्पिक सम्पन्न

रियो ओलम्पिक सम्पन्न

  • सोमवार, भदौ ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

एजेन्सी भदौ ६ । विश्व खेलकुदको कुम्भ मेला रियो ओलम्पिक २०१६ आजबाट सकिएको छ ।
यस वर्षको रियो ओलम्पिक विभिन्न समस्याका बाबजुद पनि ओलम्पिक भव्य रुपले सफल भएको विभिन्न क्षेत्रबाट प्रतिकृया आएको छ । यस वर्ष पनि ओलम्पिकको शीर्ष स्थानमा अमेरीका रहन सफल रह्यो ।
अमेरीकाले कुल ४६ स्वर्ण, ३७ रजत र ३८ काश्य गरी एक सय २१ पदक पदक हात पार्न सफल भएको छ ।
त्यसै गरी बेलायतले २७ स्वर्ण, २३ रजत र १७ कास्य गरी कुल ६७ पदक हात पारेको छ ।
यस्तै यस अघिका प्रतियोगीताहरुमा सनसनीपूर्ण प्रदर्शन गरेको चीन यस पटक भने कमजोर देखिएको छ ।
उसले २६ स्वर्ण , १८ रजत र २६ कास्य गरी ७० पदक हात पारेको छ ।
विभिन्न खेलमा प्रतिवन्धका बाबजुद पनि रुसले १९ स्वर्ण , १८ रजत र १९ कास्य सहित ५६ पदक हात पारेको छ ।

olympic 1
त्यसै गरी जर्मनी १७ स्वर्ण सहित ४२ पदकका साथ पाचौ स्थानमा रह्यो भने १२ स्वर्ण सहित ४१ पदकका साथ जापान छैठौ स्थानमा रहन सफल भयो ।
आयोजक ब्राजिल भने ७ स्वर्ण, ६ रजत र ६ कास्य सहित १९ पदकका साथ पदक तालिकाको १३ औं स्थानमा रह्यो ।

olympic 2
कुल २ सय ५ राष्ट्र सहभागी मध्य ७८ वटा राष्ट्रले मात्र पदक हात पारेका छन् ।
नेपाल सहित १ सय ५० देश पदक बिहीन हुदै रियो ओलम्पिकबाट फिर्ता भएका छन् ।

olympic 3
आउदो सन् २०२० को ओलम्पिक जापानमा हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी