थ्रीस्टारद्धारा एएफसी कप प्रि छनौटमा विजयी सुरुवात

थ्रीस्टारद्धारा एएफसी कप प्रि छनौटमा विजयी सुरुवात

  • आइतवार, भदौ ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं ,५ भदौ ।
एएफसी कप प्रि छनौट अन्तर्गत आफ्नो पहिलो खेलमा थ्रीस्टार क्लव २–० बिजयी भएको छ । नेपालको राष्ट्रिय लिग बिजेता थ्री स्टारले मंगोलियाको लिग बिजेता इर्चिम क्लबलाई हराएको हो ।

मंगोलियाको उलान बटोरमा १५ औ मिनेटमा अफ्रिकन खेलाडी मार्टिनले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको थ्रीस्टारका लागि ७५ औं मिनेटमा बिक्रम लामाले एक गोल थपेका थिए ।

समुह बीमा रहेको थ्रीस्टारले दोश्रो खेल पर्सि कम्बोडियाको नागावल्र्ड फुटलब क्लबसँग खेल्नेछ । ९ राष्ट्रका राष्ट्रिय लिग बिजेता टोलीलाई तीन समुहमा बिभाजन गरी प्रतियोगीता सञ्चालन गरिएको छ ।

तीन समुहका शीर्ष टोलीले एएफसी कप फुटबलको छनौट खेल्ने अबसर प्राप्त गर्नेछन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी