भदौ ५ काठमाण्डौं । नेपालको ए डिभिजन लिग बिजेता क्लब थ्रीस्टारले आज एएफसी कप छनौटको पहिलो खेलमा मंगोलियाको लिग बिजेता ईर्चिमसग‘ प्रतिस्पर्धा गर्दै छ ।
मंगोलियाको उलानबटोरको क्रित्रिम मैदानमा नेपाली समय अनुसार बिहान ११ बजेर ४५ मिनेटमा खेल्ने छ ।
थ्रीस्टार दोस्रो चरण प्रवेशको लक्ष्य सहित खेल्ने प्रशिक्षक मेघराज केसीले बताएका छन् ।
थ्रीस्टारका नया कप्तान बिक्रम लामाले पनि टिम जीतको लागि अघि बढेको बताए । टिममा सात जना राष्ट्रिय टोलीका सदस्यहरु सामेल छन् ।
नेपालले दोस्रो खेल भदौ ७ मा कम्बोडियाको नागावल्र्डसग‘ खेल्ने छ ।
एएफसी कप छनौट खेल्ने थ्रीस्टार पहिलो नेपाली क्लब हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline