भदौ ५ दाङ । उखानै छ बाबु आमाको मन छोराछोरी माथि छोराछोरीको मन ढुंगामुडा माथि ।
यस्तो उखान सुहाउने घटना देशभर समाजमा बढ्दै गएको छ ।
यसै क्रममा दाङको हसिना पुरमा एक छोराले बाबुको हत्या गरेका छन् ।
दाङको हाँसिपुर गाविसका हसन मियाले घरेलु हतियार तथा दाउराले हिर्काएर आफ्ना ५५ वर्षीय बाबु अमिन मियाको हत्या गरेको प्रहरीले बताएको छ ।
हत्या आरोपी २६ वर्षीय हसन अहिले फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हसनको मानसिक स्थिति ठीक नभएको र केही समयदेखि घरमा बाबु छोराको निरन्तर विवाद हुदै आएको थियो ।
शुक्रबार साँझ घरमा विवाद भएपछि हसनले बाबुमाथि आक्रमण गरेर मारेका थिए ।
उता जाजरकोटमा आफ्नै वृद्ध आमालाई हत्या गर्ने छोरा बुहारी पक्राउ परेका छन् ।
सक्ला १ लैकमका ३८ वर्षीय बुद्धी बहादुर खत्री र उनकी श्रीमति ३५ वर्षकी शर्मिला खत्री वलीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
भने जस्तो अंशमा खेतबारी नदिएको निहुमा छोरा बुहारी मिले बञ्चरो प्रहार गरी ६५ वर्षे आमा देउमी खत्रीको हत्या गरी घर छेउको रुखको फेदमा गाडेको स्थानीयको सूचना पछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।