एजेन्सी भदौ ३ । ब्राजिलको रियोमा ओलम्पिक २०१६ जारी छ । यस सन्दर्भमा त्याहा संसारभरका खेलाडी तथा प्रतिनिधिहरु रहेका छन् साथै लाखौं दर्शक पनि ।

यस्तो बेला स्वभाविक यौन तृष्णा मेटाउन विदेशी दर्शक देखि विभिन्न मानिसहरु लागेको पाईएको छ ।
यसै बेला पारेर अहिले शहरभरी बेस्यावृति ह्वात्तै बढेको छ । सयौं बालिकाहरु पनि यस्तो कृयाकलापमा संलग्न हुन बाध्य पारिएको खुलासा भएको छ ।

८ बर्षदेखि १५ वर्ष सम्मका बालिकाहरुको पनि स्लममा ग्राहकको सन्तुष्टी मेटाउन प्रयोग भएको अधिकारवादी संस्थाहरुले जनाएका छन् ।
ऐना गेव्रियला नाम गरेकी १४ वर्षे युवतीले सन् २०१४ को विश्वकपका बेलामा आफूलाई होटलमा काम लगाउने भनेर ल्याएर यस्तो वेस्यावृतिमा फसाएको भन्दै अहिले कहिले काही एकै दिनमा ८ जना ग्राहकहरुसग‘ सुत्न बाध्य भएको बताएकी छन् ।
बेस्यावृतिमा लागेका मध्य धेरै जसो बालिकाहरु गाउका र गरीब परिवारका भएको पनि अध्ययनले देखाएको छ ।
कतिपय परिवारले नै छोरीलाई बेस्यावृतिमा सामेल हुन बाध्य पार्ने गरेको पनि देखिएको छ ।
