नेदरल्याण्ड गएको नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

नेदरल्याण्ड गएको नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

  • शुक्रबार, भदौ ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं, भदौ ३ ।
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगतको अभ्यास खेलका लागी नेदरल्यान्ड्स पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज बिहान स्वदेश फर्किएको छ ।

नेपालले नेदरल्यान्ड्मा घरेलु टोलीसँग जारी लिगको चौथो चरणअन्तर्गत दुई खेल खेलेको थियो । जसमा नेपालले एक जित र एक हार प्राप्त गरेको छ ।

गत साउन २९ गते भएको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भयो भने दोस्रो खेलमा सानदार प्रदर्शन गर्दै १९ रनले विजयी भयो ।

जारी लिग च्याम्पियनसिप प्रतियोगितामा नेपाल र नेदरल्यान्ड्ससहित हङ्कङ, पपुवान्युगिनी, स्कटल्यान्ड्स, केन्या, नामिबिया र संयुक्त अरब इमिरेट्स गरी आठ राष्ट्र सहभागी छन् ।

आठ टोलीमध्ये शीर्ष चार टोलीले बङ्गलादेशमा सन् २०१८ मा हुने आइसिसी विश्वकप छनोट खेल्ने अवसर पाउने छन् । विश्वकप खेल्ने महत्वपूर्ण खुट्किलोका रुपमा रहेको प्रतियोगितामा नेपाल ६ अङ्कका साथ छैटौँ स्थानमा छ । तर नेपालले अब हङ्कङ, केन्या र युएईसँग खेल्न बाँकी छ ।

स्वदेश फर्किएलगत्तै नेपाली टोलीका ब्याट्सम्यान शरद भेष्वाकरले अबका खेलमा झन राम्रो प्रदर्शन गरी नेपाललाई छनोट गराउने प्रतिबद्धता जनाए ।

भेषावकरले अर्को खेल आउन अझै ६ महिना बाँकी रहेकाले सोबीचमा राम्रोस्तरका टोलीसँग नेपालले पर्याप्त खेल खेल्न जरुरी रहेको धारणा राखे ।

नेपाल यसअघि स्कटल्यान्ड्स र पपुवान्युगिनीसँग भएका खेलमा पराजित भएको थियो । तर घरमै भएका नामिबियासँगका दुई खेलमा भने नेपाल विजयी भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी