नापी टोलीले पैसा असुलेर कित्ता सच्याएको खुलासा

नापी टोलीले पैसा असुलेर कित्ता सच्याएको खुलासा

  • बिहिबार, भदौ २, २०७३
  • गोविन्द्र कुवर

  • 8.6K
    SHARES

भाद्र २ अछाम । अछाम जिल्लामा जग्दा दर्ता प्रक्रिया अन्र्तगत लालपूर्जामा कित्ता सच्याउदा पैसा असुलेको खुलासा भएको छ । अछामको क्षेत्र नम्बर १ का विभिन्न गाविसमा खटिएको नापी टोलीले जग्गा धनी पूर्जा वितरण गर्दा कित्ता सच्याउने नाममा रकम असुलेको खुलासा भएको हो । जग्गा धनीलाई त्यसको रसिद समेत दिइएको छैन ।

स्रोतका अनुसार एउटा गाविसबाट मात्रै कम्तिमा पाँच हजारसम्म रकम असुलिएको छ । ‘जग्गाको लालपूर्जा पाउनुअघि कित्ता विग्रीएकाले सच्याउनुपर्ने भन्दै एक कित्ता बराबर एक हजार रुपियाँ मागियो’ षोडशादेवी गाविसका मन्सरादेवी खड्काले भन्नुभयो, पैसा नदिई काम हुन्न भनेपनि हामीले पैसा दियौं ।’

एक जनाले एक कित्ताको एक हजारका दरले १० हजारसम्म घुस दिएको स्थानिय वासिन्दाको दावी छ । अछामका बुढाकोट गाविसमा पनि लालपूर्जा पाउनुअघि धेरैले पैसा बुझाएको पाइएको छ । बुढाकोट १ का गोर्ख थापा, देबराज सुवेदी र वडा नम्बर ५ कृष्णबहादुर थापाले पनि आफुले जग्गाधनी लालपूर्जा पाउनुअघि कित्ता सच्याउने भन्दै पैसा बुझाएको बताउनुभयो । पैसा नदिए काम हुने बताएपछि बाध्य भएर पैसा दिनु परेको बुढाकोटका स्थानीय कृष्णबहादुर थापाले गुनासो गर्नुभयो ।

‘पैसा दिनेको काम भयो नदिनेको काम भएन’ थापाले भन्नुभयो, ‘कतै जग्गा नै गुम्ने होकी भन्ने डरले सबैजनाले पैसा बुझायौ । ’ जग्गा दर्ता कित्ता सच्याउने काम जारी रहेपनि लालपूर्वा बितरण भएको छैन । दर्ता सकिएपछि जग्गा पुर्जी दिने गरेको नापी कार्यालयले जनाएको छ । नापी कार्यालयका प्रमुख सुसिल नरसिँह राजभण्डारीले जग्गा पूर्जीको २० रुपियाँ र टिकटको १० रुपियाँ बाहेक कुनै शुल्क नलिएको दावी गर्नुभयो । ‘जग्गा दर्ता कित्ता सच्याउन पैसा लिन पाइदैन’ कार्यालय प्रमुख राजभण्डारीले भन्नुभयो, ‘यदी कुनै कर्मचारीले पैसा लिएको छ भने छानविन गरेर त्यसमाथि कारवाही हुनेछ ।

’ एउटाको जग्गा अर्को आफ्नो नाममा दर्ता गर्न खोज्दा केही ठाउँमा अप्ठ्यारो भएको तर पैसा लिन नमिल्ने राजभण्डारीको भनाई छ । पैसा लिन नमिल्ने जानकारी ढिला गरि पाएप्छि पैसा बुझाएका ठाउँमा अहिले स्थानिय वासिन्दा नै छलफलमा जुटेका छन् । ‘पैसा बुझाउनु पर्दैन भन्ने पहिला नै जानकारी थियो । हामीले स्थानिय वासिन्दालाई पैसा नदिनुहोला पनि भनिरहेका थियो ’ पोशाडादेवीका एक शिक्षकले भन्नुभयो, ‘तर पैसा बुझाएकाहरुको काम हुन थालेपछि आत्तिएर अरुले पनि पैसा दिए ।

’ पैसा उठाएका विषयमा हल्ला चलेपछि शोडशामा नापी टोली आधिका काम गरेर फर्किएको थियो । एक गाविसमा पचार हजारका दरले मात्रै लाखौ रुपियाँ असुल गरेको देखिएको छ । अब लालपूर्जा बुझने क्रममा आफुले बुझाएको पैसाको हिसाव खोज्ने स्थानिय वासिन्दाको तयारी छ । ‘सर्वदलीय बैठक बसेर लालपूर्जा बुझ्नुपर्ने हुन्छ’ बुढाकोटका एक स्थानिय अगुवाले भने, ‘अब लालपूर्जा बुझाउने आउने टोलीसँग की पैसा फिर्ता देउ नत्र बुझ्दैनौ भनेर कुरा राख्ने तयारीमा छौ ।

’ अछामको तुमाखान, नाडा, ढुँगाचालना, लुग्रा, देवस्थिान, शोडषा, बुडाकोट, रानिवन, धमाली, घोडासैन, सुतार रामारोशन, बाटुलासैन, सेरा, भाटाकाटीया, कुइका, बारला, कालेकान्डा, खप्तड गाविसको नाप नक्सा सकिएको विशेष नापी कार्यालयका कार्यालय प्रमुख सुसिल नरसिँह राजभण्डारीले बताउनु भयो ।

napi 2

नापी टोलीमा ३ नम्वर टोली ५ जना एक नम्बर क्षेत्रमा रानाको नेतृत्वमा टोली खटिएको थियो । बुढाकोट र शोडषा रानाको टोलीले काम गरी रहेको थियो । टोलीमा लँक बहादुर राना, विरेन्द्र थापा, जया बहादुर शाकी, जनक राज जोशी, लोक्जन कुँवर, र सवक्ष्य कल्पना डँगोल टोलीमा रहनु भएको थियो ।
उहाँका अनुसार २७ गाविसको काम सकिएको विवरण मालपोत कार्यालयमा बुझाई सकेको छ ।

अछाम जिल्लामा विशेष नाापी कार्यालयले वि. स २०६४ साल देखि नै काम गर्दै आएको छ । आर्थीक बर्ष २०७२÷२०७३ मा विशेष नमपीले १९ गाविसको नापी गरी सकेको छ । ७ गाविसमा जग्गा पूर्जा दिने प्रक्रिया जारी छ । नक्सा दर्ता गर्न १२ दिन बाँकी छन ।
नापी टोलीलाई गाविसको भोज
जग्गा दर्ता र लालपूर्जा तयार गर्न गाृँ गाउँ गएको टोलीलाई गाविस कार्यालयले विशेष भोज खुवाउने गरेको पनि पाइएको छ । अघिकांस गाविसमा बजेट गाविसबाट छुट्याउने र कुखुरा रक्सी सहितको विशेष भोज दिने गरेको पाइएको छ । गाविस सचिव र स्थानिय दलका अगुवाहरुको मिलेमतोमा नापी टोलीको स्वागत गर्ने गरिएको छ । नापीका लागि घरदैलोमा पुग्ने टोलीको खर्च सरकार आफैले बेहोर्ने गर्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी