ताप्लेजुङ २ भदौ ।
पाथीभरा गोल्डकप फुटवल प्रतियोगितामा अन्तरगत पुरुषतर्फको उपाधि गोर्खा स्पोर्टिङ क्लव दमक झापाले जितेको छ ।
ताप्लेजुङमा सम्पन्न फाईनल भिडन्तमा दमकले संघर्ष स्पोर्टिङ क्लव ताप्लेजुङलाई २ – १ ले पराजित गर्दै गरेको हो ।
खेल सुरु भएको १७ औ मिनेटमा नै गोल गर्दै ताप्लेजुङले अग्रता लिएपनि जोगाउन नसक्दा पराजित हुन पुग्यो ।
सुरुवाली हाफसम्म फितलो प्रदर्शन गरेको दमकले दोस्रो हाफमा दुई गोल गर्न सफल भएको हो । उसले ६५ औ मिनेटमा पहिलो गोल गर्यो भन खेल सकिन लाग्दा दोस्रो गोल गरेको थियो ।
प्रतियोगिताको विजेता टिम दमकले २ किलो चाँदीमा २ तोला सुन जडित कप सहित १ लाख ५१ हजार रुपैया प्राप्त गरेको छ । उपविजेता ताप्लेजुङले भने १ लाख ११ हजार रुपैयामा चित्त बुझाएको छ ।
यसअघि आजै सम्पन्न महिला तर्फको उपाधि झापाको पारिजात क्लबले जितेको छ । मोरङको सुर्योदय क्लबलाई एक शुन्यले हराउदै पारिजातले उपाधि हात पारेको हो ।
पारिजातका लागी २३ औ मिनेटमा रन्जना चौधरीले गरेको गोल नै निर्णयक बन्यो । उपाधि जितेसगै पारिजातले ५१ हजार र उपविजेता सुर्योदयले ३१ हजार पाएका छन् ।