काठमाण्डौ ,२ भदौ । नेपाली कांग्रेसको भातृ संगठन नेविसंघको अध्यक्षमा नैनसिंह महर निर्वाचित हुनुभएको छ ।
आज सम्पन्न मत परिणाम अनुसार १४३५ मत ल्याएर नैनसिंह महर विजयी हुनु भएको छ । उहाका निकटतम् प्रतिद्वन्द्वी मनोजमणि आचार्यले १३१६ मत ल्याउनु भएको छ ।
त्यसैगरी महामन्त्रीमा कुन्दन काफ्ले र सरोज थापा विजयी भएको खबर छ । घोषणा हुन भने बाँकी छ । नयाँ नेतृत्व चुन्न २० घण्टा लगाएर मतदान गरिएको थियो ।
कांग्रेस पार्टी कार्यालय सानेपामा हिजो सवा १२ बजेबाट थालिएको मतदान आज विहान ८ बजेपछि सकिएको हो ।
अध्यक्ष सहित ११ उपाध्यक्ष, दुई महामन्त्री, १३ सहायक महामन्त्री, एक कोषाध्यक्ष र १ सय १ जना केन्द्रीय सदस्य निर्वाचनबाट चयन हुने छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline