साउदीको जेलबाट नेपाल फर्कने भए रामचन्द्र,करोड उठ्यो हिसाब लाखको मात्रै

साउदीको जेलबाट नेपाल फर्कने भए रामचन्द्र,करोड उठ्यो हिसाब लाखको मात्रै

रामचन्द्र बचाउ अभियान सफल

  • बुधबार, भदौ १, २०७३
  • सुसान आचार्य

  • 10.8K
    SHARES

यु ए इ।

साउदी अरबको हायल केन्द्रिय कारागार मा बिगत १८ महिना देखि थुनामा राखी बल्ड मनिको फैसला सुनाइयका काभ्रे कुसादेबी २ का रामचन्द्र तिमल्सिना अब नेपाल फर्कने भयका छन ।

रोजगारीका लागि साउदी अरब पुगेका रामचन्द्रले चलाउने गाडी दुर्घटना भइ एक पाकिस्तानि नागरिक को मिर्त्यु भय पश्चात् उनलाइ साउदिको विशेष अदालत ले हत्या अभियोगमा थुनामा राखेको हो।

लामो समय देखि केन्द्रिय कारागार भित्र रहेका रामचन्द्र लाई बचाउन बर्ष दिन सम्म कुनै पहल नभय पनि केहि महिना अघि मात्रै साउदी स्थित नेपाली दूतावास का प्रतिनिधि रामचन्द्र लाई भेट्न र घटना बारे बुझ्न कारागार मा गयका थिय। सुरुमा तिनलाख साउदी रियल बल्ड मनि नेपाली झन्डै ९० लाख को फैसला सुनाइयका रामचन्द्र लाई विभिन्न संघसंगठन र मानव अधिकारबादी सस्थाको पहलमा ४५ दिन भित्र बुझाउने लिखित सम्झौता सहित १ लाख २० हजार साउदी रियल नेपाली झन्डै ३५ लाखमा सम्झौता गरियको थियो।

अत्यन्तै कम्जोर आर्थिक अबस्था भएका रामचन्द्र को परिवालाइ छोरा बचाउन आर्थिक नभएको र तोकिएको रकम समेत तिर्न नसक्ने भय पश्चात् परिवार को अनुरोध तथा विभिन्न संघसंगठनको पहलमा रामचन्द्र लाई सहयोग गर्न रामचन्द्र बचाउ अभियान समेत सुरु गरियको थियो।

यस्तै,सहयोगि मन भयका नेपाली हरुले छोटो समयमा सबैतिर पहल गरि देस बिदेश बाट समेत सहयोग सङ्कल्न सुरुवात गरे सङ्गै केहि दिनमा नै रामचन्द्र बचाउ अभियान मा १ करोड भन्दा माथी रकम सङकलन भएको जानकारी साउदी स्थित गैर आबासिय नेपाली सङ् ले प्रेस बक्तब्य सहित जानकारी गरायको छ । भने यता रामचन्द्र बचाउ अभियान को स्थानीय रूपमा जिम्मेवारी लिइका गा बि स स्थरिय राहत तथा उद्दार कोस का एक प्रतिनिधि तथा ने क पा एमाले गाउँ कमिटी इन्चार्ज पुर्ब गा बि स अध्यक्ष समेत रहेका भिम न्यौपाने का अनुसार रामचन्द्र तिमल्सिना बचाउ अभियान मा उठेको सहयोग मध्य हाल सम्म ८१लाख ५४ हजार ३ सय ५१ रुपैया को मात्रै हिसाब देखियको र सो रकम गा बि स स्थरिय राहात कोष मा एकीकृत गरि रामचन्द्र लाई आबस्यक पर्न ३५ लाख रुपैयाँ परराष्ट्र सचिब लाई बुझाइ सकियको दाबी गरेका छन ।

रामचन्द्र बचाउ अभियान बारे राहत तथा उद्दार समिति द्वारा आज काभ्रे को कुसादेबी गा बि स भवन को प्राङ्गणमा आयोजना गरियको पत्रकार सम्बेलन मा जानकारी दिदै भने, हामीले गा बि स स्थरिय रूपमा सबै दलका प्रतिनिधि,नागरिक समाज र पत्रकार सहित का प्रतिनिधि राखि निर्माण गरेको राहत तथा उद्दार कोषमा ,नेपाल बाडिज्य बैंक तथा सुपृम बैक मा भएको हिसाब यहि हो तर रामचन्द्र को परिवार र श्रीमती को नामाम एउटा बैंक र विभिन्न रेमिटान्स मा खोलियको खाता को हिसाब बारे भने अहिले सम्म जानकारी नदियको बतायका छन ।

आफुले बारम्बार फोन गर्दा समेत फोन पनि फोन नउठायको तथा भेट्न् समेत नआयको हुदा अन्य बैक मा भएको हिसाब देखिन नसकेको जानकारी दियका छन ।

यसैबीच न्यौपाने का अनुसार रामचन्द्र का परिवार ले समयमै पार्दसी हिसाब नबुझाउदा र आज गरिएको पत्रकार सम्बेलन मा समेत उपस्थित नहुदा आफुहरु निकै दुखित रहेको समेत बतायका छन । केहि बर्स अघि यु ए इ मा मिर्त्यु दण्ड को फैसला सुनाइयका अनिस खालिङ राई लाई बचाउन विश्व भरी बाट झन्डै ३ करोड बराबरको रकम उठेको भय पनि खर्च नगरी अनिस लाई बचाउन सफल हुदा समेत सो रकम हाल सम्म नदेखिय सङ्गै बिदेश मा कार्यरत अधिकाम्स नेपाली दुखी बनेका छन ।

पछिल्लो समय रामचन्द्र बचाउ अभियान मा समेत हिसाब पार्दसी नभएको भन्दै सबैले यसो गरे आगामी दिनमा आपत पर्दा सहयोग उठाउन निक्कै कठिन हुने समेत बतायका छन । यस्तै ने क पा माओवादी( केन्द्र)कुसादेबी गाउँ कमिटी इन्चार्ज (हस्त बाहादुर तामाङ)का अनुसार रामचन्द्र लाई आबस्यक रकम खर्च गरि बाकी भएको रकम ब्यक्तिगत रूपमा खर्च नगरी कोष मार्फत अन्य पीडित लाइ बचाउन सहयोग गर्नुपर्ने बतायका छन ।

विभिन्न देस बाट सहयोग गरेका नेपाली हरु ले रामचन्द्र लाई आबस्यक रकम दियर बाकी रकम सङ्गै अनिस खालिङ का लागि पठाइयको रकम एक्मुस्ट जम्मा गरि अर्को पीडित लाई उद्दार गर्न खर्च गर्नुपर्ने मा जोड दियका छन ।

झन्डै दुई घन्टा लामो पत्रकार सम्बेलन मा विभिन्न मिडिया का पत्रकार नागरिक समाज का अगुवाहरु तथा राहात तथा उद्दार समितिका प्रतिनिधि साथै स्थानीयबासि समेतको बाक्लो उपस्थिति रहेको थियो ।

14011796_669638409866883_1456006948_n

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ