जर्मनीको महिला फुटबल टोली रियो ओलम्पिकको फाइनल प्रवेश

जर्मनीको महिला फुटबल टोली रियो ओलम्पिकको फाइनल प्रवेश

  • बुधबार, भदौ १, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ १ भदौ ।
ब्राजिलको रियो दि जेनेरियोमा जारी ओलम्पिक अन्तर्गत महिला फुटबलमा क्यानडालाई पराजित गर्दै जर्मनी फाइनल प्रवेश गरेको छ ।

गएराति सम्पन्न सेमिफाइनलमा जर्मनीले क्यानडालाई २–० गोल अन्तरले पराजित गरेको हो । जर्मनीका लागि मेलानिए बेहरिनगर र सारा डाब्रिट्जले गोल गरे ।

स्वर्ण पदकका लागि शुक्रबार राति जर्मनीले स्वीडेनसँग खेल्नेछ । स्वीडेन गएराति नै भएको अर्को खेलमा आयोजक ब्राजिललाई टाइब्रेकरमा हराएर फाइनल पुगेको छ ।

कास्य पदकका लागि शुक्रबार रातिनै ब्राजिल र क्यानडाबीच पनि प्रतिस्पर्धा हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी