काठमाडौ ३२ साउन ।
ब्राजिलको रियो दि जेनेरियोमा जारी ३१ औं गिष्मकालिन ओलम्पिकको पदक तालिकामा अमेरिकाले अग्रता कायमै राखेको छ ।
हालसम्मको खेलमा अमेरिका २६ स्वर्ण पदक सहित शीर्ष स्थानमा छ । यस्तै १६ स्वर्ण जितेको बेलायत दोस्रो स्थानमा छ भने १५ स्वर्ण जितेको चीन तेस्रो स्थानमा यथावत छ ।
त्यसैगरी ११ स्वर्ण जितेको रुस चौथो स्थानमा छ भने समान ८–८ स्वर्ण पदक जितेका इटली र जर्मनी क्रमशः पाँचौं र छैठौं स्थानमा छन् ।
फ्रान्स र जापानले पनि समान ७–७ स्वर्ण जितेका छन् भने अस्ट्रेलिया, दक्षिण कोरिया र नेदरल्यान्डले समान ६–६ स्वर्ण पदक जितेका छन् ।
रियो ओलम्पिकमा हालसम्म ४५ राष्ट्रले स्वर्ण पदक जित्दा ६५ राष्ट्रले पदक तालिकामा नाम लेखाएका छन् । नेपाल भने हालसम्म पदकबिहिन रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline