काठमाण्डौ, ३१ साउन । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत आज जारी दोस्रो खेलमा नेपालले नेदरल्याण्ड विरुद्ध २ सय १८ रनको चूनौती दिएको छ ।
टस हारेर व्याटीङको निम्तो पाएको नेपालले पुरै ५० ओभरमा ९ विकेट गुमाएर २ सय १७ रन जोड्यो ।
आज नेपालले अघिल्लो खेलको तुलनामा ब्याटीङमा उल्लेख्य सुधार गरेको छ ।
नेपालका लागि कप्तान पारस खड्काले सतक नजिक पुग्दै ८४ रन जोडे । उनी सतक बनाउनबाट १६ रनले चुके ।
त्यसै गरी अलराउण्डर सागर पुनले ४५ रन जोडे भने उपकप्तान ज्ञानेन्द्र मल्लले ५२ बल खेल्दै ४० रन जोडे ।
ओपनर अनिल मण्डल ४ रनमा आउट हुदा शरद भेस्वाकर ६ रनमा पेभिलियन फर्किए ।
त्यसै गरी विनोद भण्डारी १७ रन बनाएर आउट भए भने राजु रिजाल शुन्य रनमा आउट भए ।
पहिलो खेलमा पनि नेपालले टस हारेर पहिले ब्याटिङ गरेको थियो यद्धपी ७ विकेटले हारेको थियो । आजको खेलमा नेपालले पुनरागमन गर्ने अपेक्षा गरिएको छ ।
आज पनि डच टोलीमा नियमित कप्तान पिटर बोरेन अनुपस्थित रहने भएका छन् । उनले नेपालविरुद्धको पहिलो खेल पनि गुमाएका थिए ।
प्रतियोगितामा नेपाल र नेदरल्याण्डसहित हङकङ, पपुवा न्युगिनी, स्कटल्याण्ड, केन्या, नामिबिया र संयुक्त अरब इमिरेट्स युएई गरी ८ राष्ट्र सहभागी छन् ।