साउन ,२९ अछाम ।
अछाम विद्युत प्राधिकरण र निर्माणको जिम्मा पाएको ठेकेदार कम्पिनी एक अर्काप्रति आरोप लगाउनमा नै ब्यस्त रहदा जिल्लाको पालय गाविसका बासिन्दाहरु अध्यारोमा बस्न बाध्य छन् ।प्राधिकरणका कर्मचारी ठेकेदारको कमजोरी देखाएर उम्कने काम गरिहेका छन् भने ठेकेदार प्रधीकरणलाई दोष दिईरहेका छन् ।
विद्युत प्राधिकरणदले वि।स। २०७१ र २०७२ मा सरु गरिएको निर्माण कार्य २०७३ साल सम्पन्न गराइ असाढ मसान्तमा सम्म विद्युत सेवा दिइने भनिएपनि अहिले सम्म पायलवासिले विद्युत सेवा लिन पाएका छैनन् ।
निर्धारित समायमा ठेकेदारले विद्युत पोल गाड्ने , तार टाग्ने जस्ता प्राविधिक काम नै नसकेको भन्दै जिल्ला बिद्युत प्रराधीकरणले कार्यालयलेट्रान्सफर्मर नदिए पछि गाउँमा विजुली नजादा स्थानियबासी अध्यारोमा नै बस्न बाध्य भएका छन् ।
यता विद्युत सञ्चालनका लागी ठेकेदाररले बिद्युतका पोल,तार तानि सक्दा पनि जिल्ला बिद्युत कार्यालयले ट्ररान्स मीटर नदिएको ठेकेदार खम्म कुँवरले बताउछन् । काम मैले ७२ सालमै सकेको र म पटक पटक बिद्युत कार्यालय धाउदा पनि बिद्युतबाट कुनै पहल नभएको र आफना कुरा बिद्युत प्राधीकरणले नसुनिएको ठेकेदार कुँवरले दुख्यासो गरे ।
यसरी विद्युत प्राधिकरणले ट्रन्समिटर नदिदा गाउँ अगुवाहरु पनि ट्रान्समिटरको माग गर्दै बिद्युत कार्यालय साफेवगरमा धाउने गरेपनि बिद्युत प्राधीकरणले कुनै पहल नगरेका स्थानिय वासीन्दाको गुनासो रहेको छ । बिद्युत सेवा सञ्चालनमा आएपछि कुनै समस्या नहोस भनि गाँउ परिषदको निर्णयले गाविसमा २ लाख ५० हजार पैया विद्युत सेवामा निरन्तरताको लागी रकम छुट्याएको छ ।
७ १ र ७२ बाट स्वीकृति पाएकोे टेन्डरले हाम्रो काम सकिदा लगतै बति बालि गाविसलाई झिल्ली मिल्ली बनाउने भनिएको तर अहिले सम्म कुनै पहल नभएको आफुलाई खालि आशा मात्र देखाएको व्यापारि राम बहादुर कुँवर बताउछन । गाउमा बत्ति बल्छ र उज्यालो हुन्छ भन्ने सपना बुनेर खुपिस भएका गाउलेहरु अहिले खालि बिजुलीका पो अनी त्यसमा टागिएका तार र आफुले पोलमा लगाएको तार देखेर दुखि र चिन्तत बनेको अर्का व्यापारि प्रेम बहादुर कुँवर बताउछन् ।
उता जिल्ला बिद्युतप्राधिकरणका प्रमुख रोशन ठाकुरले भन्ने कालीमाटीमा बिद्युतका लागी गाडेका पोलहरु ढलेर लथलिँग भएका र त्यो काम ठेकेदारले नटेरेको बताउछन् । उनले आफुले एक ट्रान्समिटर दिए पनि ठेकेदारले लगेर भँखानका पल बजारको पसलमा लगी लापरबाहि गरिदिदा त्यो बिग्रिएको दाबी गर्छन ।
आफ्नो कारणले हाईन ठेकेदारको लार्पबाईले गर्दा पायल गाविसमा वासिन्दा बिद्युत सेवा बाल्न बाट बन्चित भएको ठाकुरको दावि छ ।
