साउन २९ काठमाण्डौं । आइसीसी विश्व लिग च्याम्पियनसिपअन्तर्गतको खेलमा नेपाल घरेलु टोली नेदरल्याण्डसँग ७ विकेटले पराजित भएको छ । खराब ब्याटीङका कारण नेपाल पराजीत भएको हो ।
नेपालले दिएको ९५ रनको लक्ष्य नेदरल्याण्डले मात्र १६.५ ओभरमा ३ विकेटको क्षतीमा पूरा गर्यो । उसका लागि स्टेफिन माइबर्गले अविजित ३३ तथा वेस्ली बारिसीले ३७ रनको योगदान दिएका थिए। नेपालका वसन्त रेग्मी, सागर पुन र सागर केसीले समान एक एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङका लागि मैदानमा उत्रिएको नेपाल ३८.१ ओभरमा ९४ रनमा अलआउट भएको थियो। नेपालका कुनै पनि ब्याछट्म्यानले उल्लेख्य प्रर्दशन गर्न सकेनन् । नेपालका लागि ओपनर अनिल मण्डलले २०, शरद भेस्वाकरले १४ तथा सोमपाल कामीले १२ रनको योगदान दिए ।
प्रतियोगितामा नेपाल र नेदरल्याण्डसहित हङकङ, पपुवा न्युगिनी, स्कटल्याण्ड, केन्या, नामिबिया र संयुक्त अरब इमिरेट्स युएई गरी ८ राष्ट्र सहभागी छन् ।
नेपालले दोस्रो खेल साउन ३१ मा नेदरल्याण्ड विरुद्ध खेल्ने छ ।