चितवन ,२९ साउन ।
चितवनमा जारी चौंथो नेपाल कप आमन्त्रण फुटबलमा आजबाट सेमिफाईनल चरणका खेलहरु सुरु हुदैछन् ।
पहिलो सेमिफाईनलमा आज विभागीय टोली त्रिभुवन आर्मी क्लब र न्यूरोड टिम (एनआरटी)बीत प्रतिस्पर्धा हुने छ । खेल अपरान्ह चितवनस्थीत क्याम्प चौर रंगशालामा हुनेछ ।
तीन वर्षपछि फुटबलमा फर्किएको एनआरटी नारायणगढ फुटबल क्लबलाई पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको हो ।
त्रिभुवन आर्मी क्लबले भने वीरगन्ज युथ एकेडेमीलाई पन्छाउदै एनआरटिसँगको भेट पक्का गरेको थियो ।
यसअघि हिजो भएको अन्तिम क्वाटरफाईनलमा सशस्त्र प्रहरीले ब्वाइज युनियन क्लबलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाईनल पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline