ओलम्पिक आयोजक समितिको चेतावनी :भारतीय खेलमन्त्रीको मान्यता रद्द गर्ने

ओलम्पिक आयोजक समितिको चेतावनी :भारतीय खेलमन्त्रीको मान्यता रद्द गर्ने

  • शुक्रबार, साउन २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

ब्राजिल, साउन २८ । रियो ओलम्पिक आयोजक समितिले भारतीय खेलमन्त्री विजय गोयलको मान्यता रद्द गर्ने चेतावनी दिएको छ ।

रियो ओलम्पिकमा खेलाडीको हौसला बढाउन भन्दै ब्राजिल पुगेका भारतीय खेलमन्त्री गोयलको व्यवहारका कारण उनको मान्यता नै रद्द गर्ने अवस्था आएको आयोजक समितिको भनाई छ ।

समाचार एजेन्सीहरुका अनुसार गोयलले केही सहयोगीलाई ओलम्पिक प्रतियोगितामा विशिष्ट अतिथिहरुका लागि प्रवेश अनुमति दिइने क्षेत्रमा विना पास लैजान खोजेपछि विवाद भएको हो ।

यस क्रममा गोयलले देखाएको व्यवहार ‘अशोभनीय’ रहेको रियो ओलम्पिक आयोजक समितिको भनाई छ । समितिका तर्फबाट भारतीय टोलीका प्रमुख राकेश गुप्तालाई यसबारे पत्र पठाइएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी