सकसपूर्ण ग्रामिण सडकको यात्रा , सडक छ तर गाडी चल्दैनन

सकसपूर्ण ग्रामिण सडकको यात्रा , सडक छ तर गाडी चल्दैनन

  • बिहिबार, साउन २७, २०७३
  • गोविन्द्र कुँवर

  • 13.2K
    SHARES

साउन ,२६ अछाम।
मंगलसेन । वर्षा सरु भएसँगै अछाममा अधिकांस ग्रामिण सडक अवरुद्व भएका छन । ५६ गाविस र तिन नगरपालिका भएको अछाममा नौ गाविस बाहेक सबै गाविसमा ग्रामिण सडक छन् । ती मध्ये चौखुट्टे साफे वगर मंगलसेन र साफे बाट ठाटी सम्म कालो पत्री हुन्दा तेहा सम्म गाडि चल्छ भन्ने अरु ग्रामिण सडक बर्षासँगैको हिलोले अवरुद्ध भएका छन् । अधिकाशं गाविस मात्र सडकका माध्यमबाट सदरमुमकामसँग जोडिन बाँकी छ ।
तर जोडिएकागाविसमा पनि सडक छ गाडी छैन । अछामका ग्रामिण सडकहरु र मध्यपाहाडी राजमार्गमा यातायात नचल्दा यात्रुहरुलाई सास्ती भएको छ । वर्षाका कारण कच्ची सडकमा बनेको खाल्डाखुल्डी र हिलोमा गाडी भासिने भएकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
बर्षासंगै अवरुद्व भएका सडकहरु र्ममतमा कसैको ध्याँन नजादा यात्रुहरुले समस्या झेल्नुपरेको हो । सडक अवरुद्ध हुँदा बोकेर ल्याउनुपर्ने बिरामी र भारी सामान लिएर ओहोरदोहोर गर्ने यात्रु सबैभन्दा बढी मारमा परेका छन् । उनीहरु कष्टपूर्ण तरिकाले यात्रा गर्न बाध्य छन् ।

सदरमुकाम मंगलसेनदेखि पुर्वी अछामका बिनायक, कमलबजार तुर्माखान लगाएका स्थानमा हरेक बर्ष असारदेखि असोजसम्म यातायात बन्द हुने गरेको छ ।मंगलसेन कमलबजार मेल्लेख, साफेगर, पायल,ठाटी, देविस्थान, किर्तिखमा लुग्रा, बुडाकोट साफेवगर नन्देगडा साँफेवगर कमलबजार, तुर्माखान, र पुनेपाटा, ढकारी लगाएका सडकहरुमा अनुमति नदिए पनि यातायात व्यवसायीले जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।
अछाममा सुदुरपश्चिम यातागात र मध्यपश्चिम यातायात समितिहरुले गाडीहरु सञ्चालन गरिरहेका छन् । भाडाका निजी जीपहरु पनि अहिले ती सडकमा चल्न छाडेका छन् ।
अछाम सार्वजनिक यातायात समितिका खेम्मराज ढुंगानाले ग्रामिण सडकहरुका खालडा खुल्डीमा पुर्न माटो हाल्दा झन हिमाल्ने भएको बताउनुभयो । ‘बाटोहरु झन अप्ठ्यार भएका छन् ’ उहाँले भन्नुभयो ‘हामीले जीप चलाएका छैनौ तर कसैले बनाउने चासो पनि दिएको छैन । ’ टुक्रे सडकमा पनि ठाउँ–ठाउँमा बस र जीप भासिएर घण्टौं रोकिने गरेको छ । भासिएको गाडी ठेल्दै यात्रु यात्रा गर्न बाध्य छन् ।
प्रत्येक बर्ष जिल्ला विकास समिति अछामले बजेटको ब्यावस्थागरी सडक र्ममत गर्ने गरेपनि बजेट बालुवामा पानी बनेको छ ।
स्थानीय बिकास अधिकारी शिव प्रसाद हुमागाई भने ग्रामिण सडकमा बजेट कम भएकाले काम गर्न समस्या भएको बताउनुहुन्छ । ‘निरन्तर ग्रामिण सडकमा सवारी साधान सञ्चालन गर्न ठुलो बजेट ल्याउनु पर्छ’ हुमागाईले भन्नुभयो, ‘ बर्खामा गा्रमिण सडक बन्द हुने हिउदमा मात्र सञ्चालन हुने बाध्यता लामो समय देखिको हो । ’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ