चितवन, साउन २५ ।
चितवनमा जारी चौथो नेपाल कप फुटबल प्रतियोगितामा आज दुइ खेल हुदै छ ।
चितवनको क्याम्पाचौरमा हुने प्रतियोगिताको पहिलो खेलमा ब्वाइज युनियन क्लब र भरतपुर फुटबल क्लब मैदान उत्रने छ ।यी दुवै टोली दिउसो १ बजे मैदन उत्रने छन् ।,
प्रतियोगिताको दोस्रो खेलमा नारायणगढ फुटबल क्लब र एनआरटी क्लब विच प्रतिस्पर्धा हुनेछ । यी दुइ टोलीले दिउसो ३ बजे प्रतिस्पर्धा गर्नेछन् ।
यसै विच हिजो भएको खेलमा चितवनको एभरेस्ट क्लब प्रतियोगिताकोे क्वार्टरफाइनलमा प्रवेश गरेको छ । रौतहट जिल्ला फुटबल संघलाई ‘टाइब्रेकर’मा ५–४ ले हराउँदै एभरेस्ट क्लब प्रतियोगिताको क्वार्टरफाइनमा प्रवेश गरेको हो ।
प्रतियोगिताको निर्धारित ९० मिनटको खेलमा दुबै तर्फबाट कुनै गोल हुन नसकेपछि खेलको टुंगो टाइब्रेकरबाट गरिएको थियो ।
राम्रो खेल प्रदर्शन गरेको रौतहटले निर्धारित् समयमा थुप्रै गोलका अवसर प्राप्त गरेपनि त्यसलाई सदुपयोग गर्न नसकेपछि प्रतियोगिताबाट बाहिरिएको छ ।
स्पोर्टस् फर अल क्लबको आयोजनामा भएको प्रतियोगितामा एभरेस्टले अव क्वार्टरफाइनलमा नेपाल प्रहरीको सामना गर्नेछ ।