सिन्धुलीका थापा परिवार तीन पुस्तादेखि नागरिकता विहिन

सिन्धुलीका थापा परिवार तीन पुस्तादेखि नागरिकता विहिन

  • मङ्लबार, साउन २५, २०७३
  • रुद्र बहादुर खड्का

  • 8.7K
    SHARES

सिन्धुली , २५ साउन ।
सिन्धुलीको कमलामाई नगरपालिका–६ अ‍ैसेलु जंगारका एक परिवार ३ पुस्ता देखि नागरित्ता विहिन बनेका छन ।

एैसेलुजंगारकी ४५ वर्षिय आरति थापाको नागरिकता नभएको कारण उहाँको परिवाले पनि नागरिकता नपाएका हुन्  ।
थापाका श्रीमान विगत १७ वर्ष देखि सम्र्पक विहिन बनेपछि थापाले श्रीमानको अनुपस्थितिमा नागरित्ता नपाएको बताउनुभयो । उहाँ मात्र नभएर उनका ३ भाइ छोरा र १ वहिनी छोरी समेत नागरित्ता पाउनबाट वञ्चित बनेका छन ।
जसले गर्दा वैदेशिक रोजगारको लागि बाहिर जान लागेको छोरा नागरिकता नभएका कारण जान पाएनन् भने ड्राईभर सिकेका कान्छो छोरा पनि सिप भएपनि नागरिता नभएका कारण लाईसेन्स बनाउन नसक्दा काम विहिन भएका छन् ।
त्यति मात्रै हैन आरति थापाले दुःख जेलो गरेर जोड्न भएको १० धुर जग्गा समेत अर्काकोे नाममा पास गर्नुपरको छ । नाता नातिनीको विद्यालय भर्ना गर्ने वेला भएकाले उनीहरुको पनि जन्मदर्ता नभएकाले समस्या भएको थापाले बताउनुभयो ।

उहाँका अनुसरा श्रीमान करिव १७ वर्षदेखि हराईरहेकाले नागरिकता बनाउन प्रशासन जादा श्रीमान नभई नहुने भनेपछि अहिलेसम्म उहाँ नागरिकता विहिन हुनुभएको हो ।
अहिले छोराछोरीले पनि कि बाबु चाहियो कि त नागरिकता चाहियो भनेर सधैभरी किचकिच गरिरहने उहाँले बताउनुभयो ।
आफूले त अहिलेसम्म जेनतेन चलाईयो अव छोराछोरीको भविष्य पनि अन्धकार हुने भयो उहाले भन्नुभयो । आफ्नै नागरिकता नभएको वेला अव छोराछोरीको नागरिकता कसरी बनाउनु उहाँले दुखेसो पोख्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ