ओलम्पिकमा आज नेपाली टोलीले प्रतिस्पर्धा गर्दै

ओलम्पिकमा आज नेपाली टोलीले प्रतिस्पर्धा गर्दै

  • मङ्लबार, साउन २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमान्डौ साउन २५।
ब्राजिलको रियो दि जेनेरियोमा जारी ३१ औ ग्रिष्मकालीन ओलम्पिकका खेलमा नेपालका तीन खेलाडिले आज प्रतिस्पर्धा गर्दै छन् ।

नेपालका पौडी तर्फका शिरीष गुरुङ , आर्चरी का जीतबहादुर मोक्तान र जुडो तर्फका फुपुल्हामु खत्रीले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

ओलम्पिक अन्तर्गत आर्चरी तर्फ नेपाली खेलाडि जितबहादुर मोक्तानले भारतका अतनु दाससँग प्रतिस्पर्धा गर्दै छन् । खेल नेपाली समय अनुसार आज बेलुका ८ बजेर २१ मिनेटमा हुनेछ । उनले पुरुष तर्फका ७० मिटर आर्चरीमा दास सँग प्रतिस्पर्धा गर्न लागेका हुन् ।

त्यस्तै आजै जुडोकी खेलाडी फुपु ल्हामु खत्रीले क्युवाकी खेलाडी मारिसेट इस्पीनोजा सँग प्रतिस्पर्धा गर्दै छिन् । उनले पहिलो चरणमा महिला ६३ केजी मुनीको तौल समूहमा इस्पीनोजासँग प्रतिस्पर्धा गर्न लागेकी हुन् । यो स्पर्धाको प्रारम्भिकदेखि फाईनल चरणसम्मका खेल आजै हुनेछन् ।

यस्तै आजै राति पौडी खेलाडी शिरीष गुरुङले पुरुष सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्दैछन् । जसमा उनले सात जना सँग भिडनु पर्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी