काठमाडौ २५ साउन ।
आज विश्व आदिवासी जनजाति दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगस्ट ९ तारीखमा यो दिवस मनाउने गरिन्छ ।
दिवसका अवसरमा आदिवासी समुदायको अधिकार सम्बन्धी विभिन्न कार्यक्रमको आयोजना गरेको छ । नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा आज दिउँसो राजधानीमा हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी हुनुहुने भएको छ ।
दिवसको यस वर्षको नारा शिक्षामा आदिवासीको अधिकार भन्ने तय गरिएको छ । राज्यको मूल प्रवाहबाट विमुख गराएका आदिवासी समुदायलाई शिक्षाको अवसर प्रदान गरी मुलुकको समग्र विकासमा सहभागी गराउन र उनीहरुको अधिकार सुनिश्चिततामा दिवसले जोड दिएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव वानकी मुनले दिवसका अवसरमा सन्देश दिँदै शिक्षामा आदिवासी समुदायको पहँच नभएसम्म दिगो विकासको लक्ष्य हासिल गर्न नसकिने बताउनु भएको छ ।