काठमाण्डौ, २४ साउन ।
काठमाडौं जिल्ला कबड्डी संघको आयोजनामा हिरा स्मृति अन्तरविद्यालय कबड्डी प्रतियोगिता हुने भएको छ ।
फुटबल तथा कबड्डीका पूर्वखेलाडी हिरारत्न बज्राचार्यको स्मृतिमा आगामी साउन २७ गते देखि २९ गतेसम्म प्रतियोगिता आयोजना हुन लागेको हो ।
प्रतियोगितामा काठमाडौंका करिब दुईदर्जन विद्यालयका छात्र तथा छात्रा टोलीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।
राजधानीको नयाँबजारस्थित समाज कल्याण खेलकुद केन्द्र क्लबमा हुने प्रतियोगिता तीन दिनसम्म चल्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline