काठमाण्डौ, २४ साउन ।
दक्षिण एसियाली सामुदायिक रेडियोहरुको सम्मेलन भोलिदेखि काठमाडौंमा हुने भएको छ ।
सम्मेलनमा नेपालका साथै भारत, बंगलादेश, श्रीलंकालगायतका देशबाट करिब एक सयजना सामुदायिक रेडियोकर्मी तथा विज्ञहरुको सहभागिता रहने भएको छ ।
दुई दिनसम्म चल्ने सम्मेलनमा विपद् तथा अप्ठेरो अवस्थामा सामुदायिक रेडियोले खेल्नुपर्ने भूमिका, समुदायको विकासमा रेडियोको क्षेत्रबाट गर्नुपर्ने कामलगायतका विषयमा छलफल हुनेछ ।
सम्मेलनमा दक्षिण एसियाली राष्ट्र र यसबाहेक मलेलिया, बेलायतलगायतका देशका रेडियो विज्ञहरुले आफूले आर्जन गरेको ज्ञान, सीपलगायत साटासाट गर्नेछन् । सम्मेलनले काठमाडौं घोषणापत्रसमेत जारी गर्ने बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline