साउदी र श्रीलंकामा अलपत्र नेपालीलाई स्वदेश फर्काईने

साउदी र श्रीलंकामा अलपत्र नेपालीलाई स्वदेश फर्काईने

  • सोमवार, साउन २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं, साउन २४।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साउदी अरब, श्रीलंका लगायत देशमा अलपत्र परेका नेपालीहरुलाई तत्काल स्वदेश फर्काउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिनु भएको छ ।

परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई आज टेलिफोन गरी प्रधानमन्त्रीले रोजगारीका लागी पुगेर खाडि मुलुकमा अलपत्र परेका नेपालीहरूलाई तुरुन्तै नेपाल आउने वातावरण निर्माण गर्न निर्देशन दिनु भएको हो ।

उहाँले सम्बन्धित देशको सरकार र दूतावाससँग समन्वय गरी यथाशिघ्र उनीहरुलाई राहतको व्यवस्था मिलाउन पनि निर्देशन दिनु भएको छ ।

जवाफमा परराष्ट्र सचिव वैरागीले प्रधानमन्त्रीको निर्देशन तुरुन्तै कार्यान्यवन गर्ने बताउनु भएको थियो ।

प्रधानमन्त्रीले सम्बन्धित देशको सरकार र दूतावाससँग समन्वय गरी यथाशीघ्र उनीहरुलाई त्यही रोजगारीको व्यवस्था गर्न र त्यसो नभए सरकारी खर्चमै नेपाल ल्याउन पनि निर्देशन दिनुभएको वैरागीले बताउनु भयो ।

सचिव बैरागीले प्रधानमन्त्रीको निर्देशनलगत्तै सम्बन्धित मुलुकमा रहेको नेपाली दूतावास र सम्बद्ध अधिकारीलाई समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको प्रधानमन्त्रीको कार्यालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ