काठमान्डौ, साउन २४।
यातायात व्यवस्था विभागले कायम गरेको भाडा बढाउनु पर्ने माग गर्दै ५ दिन देखि बन्द छिन्चु जाजरकोट सडक खण्डमा आज देखि यातायात सेवा सुचारु भएको छ ।
भाडादर पुनर्मूल्यांकन गर्न यातायात व्यवस्था विभागलाई अनुरोध गर्ने गरी हाललाई यातायात व्यवस्था विभागले तोकेको भाडादरमा यातायात सेवा सञ्चालन गर्ने सहमति भए सँगै यातायत सुचारु भएको हो ।
भाडादर पुनर्मूल्यांकन गर्न यातायात व्यवस्था कार्यालय नेपालगन्जका प्रमुख पवन सुवेदीको अध्यक्षतामा भेरी अञ्चलका १९ ओटा समिति विच छलफल भएको थियो ।
यातायत व्यवस्था विभागले छिन्चु जाजरकोट सडकको राकम खलंगा खण्डलाई यातायत सञ्चालन अनुमति रुट परमिट दिए सँगै दुइ साता देखि सरकरी भाडादर कायम गरेको थियो ।
सरकारले भाडा घटाएको भन्दै ५ दिनदेखि जाजरकोटका यातायात व्यवसयीले यातायात बन्द गरेका थिए । रुट परमिटसँगै प्रतिकिलो मिटर साढे २ रुपैया भाडादर कायम भएको छ ।