नेपाल कप फुटबल आजदेखि चितवनमा हुदै

नेपाल कप फुटबल आजदेखि चितवनमा हुदै

  • सोमवार, साउन २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

काठमाडौ २४ साउन । 

चौथो नेपाल कप फुटबल प्रतियोगिता आजदेखि चितवनको नारायणगढमा सुरु हुदैछ । स्पोर्टस फर अल क्लब नेपाल र राष्ट्रिय खेलकुद परिषदको संयुक्त आयोजना हुन लागेको प्रतियोगितामा ११ टीम सहभागी हुनेछन् ।

प्रतियोगितामा ए डिभिजन क्लबका ३ विभागिय टोली नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एपिएफका साथै बी डिभिजन टीम एनआरटी क्लब र ब्वाइज युनियन क्बलको सहभागीता रहनेछ ।

यस्तै चितवनका तीन क्लब नारायाणगढ फुटबल क्लब एनएफसी, एभरेस्ट क्बल र भरतपुर फुटबल क्लब बीएफसी सहभागी हुनेछन् । यसैगरी रौतहट फुटबल संघ, रुपन्देही ११ र वीरगन्ज युथ क्बलले पनि प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

नकआउट चरणमा खेलाइने प्रतियोगिता आगामी साउन ३१ गतेसम्म सन्चालन हुनेछ । प्रतियोगिताको विजेता टोलीले नगद रु ३ लाख हात पोर्नछन् भने उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा आज नारायणगढ फुटबल क्लब, चितवन र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुदैछ । खेल दिउँसो नारायणगढस्थित क्याम्पचौर रंगाशालामा हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी