नारायणीमा सवारी दुर्घटना ,एकको मृत्यु

नारायणीमा सवारी दुर्घटना ,एकको मृत्यु

  • आइतवार, साउन २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

चितवन, साउन २३ ।

नारायणी नगरपालिका–३ स्थित शान्तिचोकमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट ४७ वर्षीया प्रेमकुमारी पोखरेलको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको ना४ख ३५१९ नम्बरको दूध बोक्ने ट्याङ्करले विपरीत दिशातर्फ आउँदै गरेको ना४प १५२५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा नारायणी–६ की ४७ वर्षीया पोखरेलको मृत्यु भएको हो ।

ट्याङ्करको ठक्करबाट घाइते भएकी प्रेमकुमारीको उपचारका लागि भरतपुरतर्फ ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो ।

दुर्घटना स्कुटर चालक २१ वर्षीया चन्द्रकला पोखरेल भने गम्भीर घाइते भएकी छिन् । उनको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ । ट्याङ्करका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ