काठमाडौ २३ साउन ।
नेपाली कांग्रसको भातृ संकठन नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन आजदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ ।
महाधिवेशनको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ ।
आन्तरिक विवादका कारण २०६४ साल यता नेवि संघको महाधिवेशन हुन सकेको थिएन । पार्टी एकिकरण्पछि हुन लागेको पहिलो महाधिवेशनलाई महत्वका साथ हेरिएको छ ।
नेवि संघको नयाँ नेतृत्वका लागि नैनसिंह महर, जितजंग बस्नेत, निलकण्ठ रिजाल, मनोजमणी आचार्य, शुभराम बस्नेत, दिपक भट्टाराई, कुन्दनराज काफलेलगायत ढेड दर्जन आकांक्षी देखिएका छन् ।
तीन दिनसम्म चल्ने महाधिवेशनले एक अध्यक्ष, १३ उपाध्यक्ष, ४ महामन्त्री, १६ सहमहामन्त्री, एक कोषाध्यक्षसहित एक सय ५१ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।
महाधिवेशनमा देशभरबाट ३३ सय प्रतिनिधिको सहभागिता रहेको छ । लामो समयपछि महाधिवेशन हुन लागेकाले केन्द्रिय कार्यसमितिको पदाधिकारी र सदस्यको संख्या बढाउन लागेको हो ।
आसन्न महाधिवेशनपछि नेविसंघमा ३२ वर्ष बढी उमेरकाले प्रतिस्पर्धा गर्न नपाउने व्यवस्था विधानमै राखिएको छ ।