ठमेलको नर्सिङ चोकस्थित चारतले घरमा आगलागी, एक जना घाइते

ठमेलको नर्सिङ चोकस्थित चारतले घरमा आगलागी, एक जना घाइते

  • आइतवार, साउन २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौ २३ साउन ।
राजधानीको ठमेलस्थित नरसिंह चोकमा रहेको एक घरमा आज बिहान आगलागी हुँदा एकजना घाइते भएका छन् ।

नरसिंह चोकबाट ज्याठा जाने बाटोमा रहेको चार तले घरमा आगलागी भएको सोह्रखुट्टे प्रहरी वृत्तका प्रमुख डिएसपी सोमैन्द्रसिंह राठोरले जानकारी दिनुभयो ।

तल कपडा पसल रहेको र माथिल्लो तलमा घरबेटी बस्ने गरेको उहाँको भनाई छ । आगो नियन्त्रणमा लिने प्रयास भएपनि अझै नियन्त्रणमा आउन सकेको छैन ।

धुँवाले अग्नीनियन्त्रकहरु भित्र छिर्न नसकेका कारण आगो नियन्त्रणमा लिन कठिनाई भइरहेको डिएसपी राठोरले बताउनु भयो ।

आगलागीको कारण बारे खुल्न सकेको छैन । पुरै चार तले घरमा आगलागी भएपनि हालसम्म वरपर रहेका अन्य घरहरुलाई भने केही खतरा नरहेको प्रहरीको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ