गौरिकाले आज महिला सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्ने

गौरिकाले आज महिला सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्ने

  • आइतवार, साउन २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं, २३ साउन ।  

ब्राजिलको रियो दि जेनेरियोमा जारी रियो ओलम्पिक खेलमा आज नेपालकी पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्दै्छिन् ।

गौरिकाले महिला सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्न लागेकी हुन् । रियो ओलम्पिकमा सहभागी १० हजार ५ सय खेलाडीमध्ये गौरिका सबैभन्दा कान्छी खेलाडी हुन् ।

ओलम्पिक एक्वाटिक्स स्टेडियममा नेपाली समयअनुसार राति पौने ९ बजे हुने खेलमा राष्ट्रिय कीर्तिमान सुधार गर्ने गौरिकाको लक्ष्य छ ।

उनले अघिल्लो वर्ष दक्षिण एशियाली खेलकुद सागमा पौडीतर्फ एक रजत तथा तीन वटा कास्य पदक जितेकी थिइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी