ललितपुर, साउन २३।
आज देखि ललितपुरमा चारपाङग्रे गाडीले जथाभावी पार्किङ गर्रे कारवाही हुने भएको छ । जावलाखेलबाट लगनखेल सम्म चार पाङग्रे गाडीलाई पार्किङ निषेध गरिएको प्रहरीले जनाएको हो ।
जाम र दुर्घटना बढेकोले जथाभावी पार्किङ गर्ने चार पाङग्रे सवारी साधनलाई कारवाही गर्न लागिएको ललितपुरका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सीताराम हाछेथुले जानकारी दिनु भयो ।
जथाभावी पार्किङ गर्नेलाई सवारी ऐन अनुसार ५ सय देखि एक हजार रुपैयाँसम्म जरिवाना तिराइने उहाँले बताउनुभयो ।
बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म नै सडकमा पार्किङ गर्ने गरेको भेटिएपछि आजदेखि चारपाङ्ग्रे गाडीलाई पार्किङ निषेध गर्न लागिएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline