आज नाग पञ्चमी,घरघरमा नागको पुजा गरी मनाइदै

आज नाग पञ्चमी,घरघरमा नागको पुजा गरी मनाइदै

  • आइतवार, साउन २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 13.9K
    SHARES

काठमान्डौ,साउन २३ ।
आज नाग पञ्चमी, घरको मूल ढोकामा नागको तस्बिर टाँसेर पुजा आजा गरी नाग पञ्चमी पर्व मनाइदै छ ।

हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी पर्व मनाउने गरिन्छ । आज विहानै उठी स्नान गरी घरको मूल ढोकामा नागका तस्बिर टाँसी पुजा आजा गर्नाले मेघ,सर्प र अग्निको डर नहुने जनविश्वास रही आएको पाइन्छ ।

आजका दिन नागराजसँग ब्रह्माको संवाद भएकाले नागपूजा गर्न थालिएको वराह पुराणमा उल्लेख गरिएको छ ।

आज अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागको पूजा गरी दुबो, गाईको दूध, अक्षता आदि चढाइएका घरमा मेघ, अग्नी र नागको डर नहुने जनविश्वास छ ।

साथै नागको पुजा आजा गर्नाले सर्पै र चट्याङको डर नहुने र देशमा सुख शान्ति एवं समृद्धिको वर्षा हुने धार्मिक विश्वास रहि आएको छ । आजका दिन आफ्ना कुलनागका थानमा पनि विशेष रूपमा पूजा गरी खीर, रोटी लगायतका प्रसाद चढाउने गरिन्छ ।

यस्तै आजका दिन काठमान्डौ नक्सालको नागपोखरी, टौदह, धापाखेलको नागदह,झक्तपुरको सिद्धपोखरी,पनौति लगायत मुलुकभरका नागपोखरी र नागदहमा मेला लाग्दै छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ