काठमाडौ २२ साउन ।
कपिलवस्तुको गुगौली ५ तिनघरवामा घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।
घरको बरण्डामा बसेर खाना खाइरहेका बेला पक्की घरको छतको झाप खसेर थिचिदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा २५ वर्षीया सत्यवती भर, १२ वर्षीय मनवरी भर र ५ वर्षीय श्यामसुन्दर भर रहेको छ ।
सत्यवतीको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा र अन्यको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक सुनिल कुमार प्रधानले जानकारी दिनुभयो ।
घाइते भएका चिन्नी भरको अहिले भैरहवास्थित मेडिकल कलेजमा उपचार भैइरहेको छ । घर पुरानो र जिर्ण भएकाले झाप खसेको प्रहरीको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline