काठमाण्डौ ,२२ साउन । रियो ओलम्पिक २०१६ भव्य रुपमा औपचारीक रुपमा सुरु भएको छ । ब्राजिलको रियो दि जेनेरियो शहरमा रहेको माराकाना रंगशालमा उद्घाटन भएको छ ।
विश्वका २ सय ६ राष्ट्रका दश हजार खेलाडीले ७५ हजार दर्शकले भरिएको सो रंगशालामा ब्राजिलको ईतिहास परिचान र संस्कृति झल्कने संगीत बजाएर मार्चपास गरेका थिए ।
दक्षिण अमेरीकामै पहिलो पटक भईरहेको रियो ओलम्पिक भव्य बनाउन ब्राजिलले सक्दो प्रयास गरेको जनाएको छ ।
फुटबल लेजेण्ड पेले अस्वस्थताका कारण आउन नसके पछि ३९ बर्षे टेनिस खेलाडी गुस्तावोले ओलम्पिपको मशाल बालेका थिए ।
रियो ओलम्पिक अन्तर्गत फुटबलका खेल दुई दिन अघिदेखि नै सुरु भएपनि विश्व खेलकुदको महाकुम्भ मेला ओलम्पिकको औपचारिक उद्घाटन समारोह नेपाली समय आज बिहान सुरु भएको थियो ।
दुई सय ६ देश र एउटा शरणार्थी टिमका खेलाडीले विभिन्न २८ खेलका स्पर्धामा पदकका लागि प्रतिस्पर्धा शुरु गरेका छन् ।
दक्षिण अमेरिकामा पहिलो पटक भएको रियो ओलम्पिकका खेल चार ठाउँमा हुनेछन् । डियोडोरु, बारा, कोपाकबाना र माराकाना रंगशालमा ओलम्पिकका खेल हुनेछन् ।
यस ओलम्पिकमा भाग लिएको शरणार्थी टिममा १० खेलाडी छन् । जसमा दक्षिणी सुडानका पाँच, सिरियाका दुई, कंगोका दुई तथा इथियोपियाका एक खेलाडी छन् । यो टिमले ओलम्पिक झण्डा अन्तर्गत भाग लिनेछ । यो ओलम्पिकमा एक सय १२ वर्ष पछि गल्फको पुनरागमन भएको छ ।
पाँच सय ५४ जाना खेलाडीसहित भाग लिगएको अमेरिका सबै भन्दा ठूलो टिम हो । यो ओलम्पिकमा विश्वभरका १० हजार पाँच सय खेलाडी सहभागी हुँदैछन् ।
यसैबीच नेपालले आज आफ्नो पहिलो खेलमा आर्चरीमा प्रतिस्पर्धा गर्ने छ ।