हेटौंडा, साउन २२ ।
मकवानपुरको हाँडीखोला गाविस–४ र चरिखेतपलाँसे गाविस–९ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
चरिखेतपलासे–९ का रमेश गोलेको घरमा परेको चट्याङ लागेर उनकी चार वर्षीया भतिजी कुमारी गोलेको मृत्यु भएको हो ।
घाईते हुनेहरुमा माया मोक्तान, माइली मोक्तान, मैनाकुमारी गोले, हीरामाया मोक्तान र कान्छी गोले रहेका छन् ।
त्यस्तै हाँडीखोला गाविस–४ मा परेको चट्याङ लागेर स्थानीय अमृता मोक्तान गम्भीर घाइते भएकी छन् । घाइतेको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline