राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बिदाई

राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बिदाई

  • शुक्रबार, साउन २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

२१ साउन, काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्यामिपयनसीपको चौथो चरणका दुई खेलका लागि नेदरल्याण्ड जान लागेको नेपाली टोलीलाई प्रधानमन्त्री प्रचण्डले बिदाई गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, खेलकुद मन्त्री दलजित श्रीपाइली लगायतले नेपाली राष्ट्रिय टोलीलाई बिदाई गरे ।

बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय एकताको सुत्रधार खेलाडी भएको बताए ।

विश्व क्रिकेट लिग च्याम्पियनसीपको चौथो चरणमा नेपालले नेदरल्याण्ड्सँग दुई खेल खेल्नेछ । नेदरल्याण्ड्सको घरेलु मैदानमा हुने खेल आगामी साउन २९ र ३१ गते हुनेछ ।

नेपालले यसअघि तीन चरणमा ६ खेल खेलिसकेको छ । नेपालको अंकतालिकामा ४ अंक छ ।

आइसीसीले सात एशोसियट मुलुकहरुबीच होम एण्ड अवेको अवधारणामा दुई बर्षसम्म चल्ने गरी प्रतियोगिताको आयोजना गरेको हो । यसलाई सन् २०१९ को विश्वकपको पहिलो छनौट चरणका रुपमा समेत हेरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी