पाल्पा, २० साउन । अखिलक्रान्तिकारी शौभाग्य उच्चमावि ईकाई कमिटी चिदिपानीपाल्पाले २०७२ सालको एसएलसी परीक्षा उत्तीर्ण हुने विद्यार्थीहरुलाई सम्मानतथाकक्षा ११ का विद्यर्थीहरुलाई स्वागतकार्यक्रम विहिवार सम्पन्न गरेको छ ।
विद्ययाल बाट ग्रेड प्वाइन्ट जी.पि.ए उत्कृष्ट राम्रो अंक सहित उत्तीर्ण हुने बिद्यार्थी फुलमाया दिशा सहित ८५ जनाविद्यार्थीलाई सम्मान र कक्षा ११ मानयाँभर्ना हुने विद्यार्थीलाई स्वागत गरेको इकाई अध्यक्ष माधव ढकालले बताए ।
कार्यक्रमको प्रमुख अथिती अखिलक्रान्तिकारी पाल्पाका अध्यक्ष राज कुमार पन्थीले देशको मुहार फेर्ने विद्यार्थीहरुलाई सरकारले हचुवाको भरमाल्याएको गे्रडिङ प्रणालीले झन अन्योलता ल्याएको र लाखौं विद्यार्थी हरु उच्चशिक्षा लिनबाट बन्चित भएको बताए ।
यस्तै बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोक बहादुर थापा,प्रधानध्यापक गोबिन्द प्रसाद नेउपाने,अतिथिहरुा गाबिस कार्यालय सहायक नबराज पन्थी, शिक्षक प्रतिनिधिशिव प्रसाद नेपाल लगायतले सम्मानले विद्यार्थीलाई थप अध्ययनमा उर्जा मिलेको बताए ।