काठमाडौ २१ साउन ।
संसदको विकास समितिको बैठक अहिले बसिरहेको छ । सिंहदरबार स्थित समितिको कार्यलयमा जारी बैठकमा विकास निर्माणसँग सम्बन्धित आयोजनाहरुमा भइरहेको ढिलाईका सम्बन्धमा छलफल हुदैछ ।
अधिकांश आयोजनाको ठेक्कापट्टमा भइरहेको ढिलाई, निर्माणाधिन आयोजनाको प्रगति लगायतका विषयमा आजको बैठकमा छलफल हुने समितिले जनाएको छ ।
छलफलका लागि संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास मन्त्रालय, सडक विभाग र भवन निर्माण विभागका पदाधिकारीलाई बैठकमा बोलाइएको छ ।
अधिकांश विकास निर्माणका आयोजनाहरुमा ढिलाई भएपछि समितिले आज सम्बन्धित मन्त्रालयका पदाधिकारीलाई बोलाएर छलफल गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline