आज रियो ओलम्पिकको औपचारिक उद्घाटन हुदै ,नेपालका तर्फबाट सात खेलाडी प्रतिस्पर्धामा

आज रियो ओलम्पिकको औपचारिक उद्घाटन हुदै ,नेपालका तर्फबाट सात खेलाडी प्रतिस्पर्धामा

  • शुक्रबार, साउन २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौ २१ साउन ।
विश्व खेलकुदको महाकुम्भ गृष्मकालिन ओलम्पिकको ३१ औं संस्करण आजबाट ब्राजिलको राजधानी रियो दि जेनेरियामा औपचारिक रुपमा सुरु हुदैछ ।

फुटबल तर्फका खेलहरु गत बुधबार बाटै सुरु भएपनि प्रतियोगिताको औपचारिक उद्घाटन भने आज साँझ मात्र हुन लागेको हो । समारोहका लागि रियोस्थित माराकाना रंगशालाई भव्य रुपमा सजाइएको छ ।

माराकाना स्टेडियममा एक विषेश समारोहकाबीच महान फुटबलर पेलेले ओलम्पिक फेम प्रज्वलन गरेपछि प्रतियोगिताको औपचारिक सुरुवात हुनेछ ।

नयाँ संसार नारा दिइएको उद्घाटन समारोहमा नेपालको राष्ट्रिय झन्डा १२ औं सागका स्वर्ण पदक विजेता फुपुल्हामु खत्रीले बोक्नेछिन् ।

प्रतियोगितामा एथ्लेटिक्स र पौडीमा दुई दुई तथा जुडो, तेक्वान्दो र आर्चरीमा एक एक जना गरी नेपालका तर्फबाट सात खेलाडीले प्रतिस्पर्धा गर्नेछ ।

एथ्लेटिक्समा हरि रिमाल र सरस्वती भट्टाराई, पौडीमा शिरीष गुरुङ र गौरिका सिंह, तथा जुडोमा फुपुल्हामु खत्री, तेक्वन्दोमा निशा रावल र आर्चरीमा जितबहादुर मोक्तनले नेपालको प्रतिनिधित्व गर्नेछ ।

रियो ओलम्पिकको उद्घाटन समारोहमा सहभागी हुन विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुख साथै विषेश पाहुना ब्राजिल पुग्ने क्रम जारी छ ।

१७ दिनसम्म चल्ने प्रतियोगितामा नेपालसहित विश्वका दुई सय ६ देशको सहभागीता रहनेछ । प्रतियोगिताका विभिन्न २८ खेलमा ११ हजार दुई सय ३९ जनाले प्रतिस्पर्धा गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी